इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ। बेलुकी ५ बजे हुने उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनल प्रतिस्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

​यसपटक नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार राशिमा वृद्धि गरेको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघिका दुवै संस्करणका विजेताले १ करोड १० लाख रुपैयाँ पाएका थिए।

​मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौँ गोर्खाज गरी आठ टोली प्रतिस्पर्धामा छन्।

​अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस संस्करणमा मोइन अली, शाकिब अल हसन, डेविड वार्नर, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज जस्ता विश्व चर्चित विदेशी खेलाडीहरूको सहभागिता रहेको छ। यसपटक खेलमा निर्णय समीक्षा प्रणाली (डीआरएस) को समेत प्रयोग गरिनेछ।

​प्रतियोगिताका लागि क्यानले लिग चरणका खेलमा साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ। एलिमिनेटर र फाइनल खेलका लागि साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ। टिकटको आधिकारिक बिक्री ईसेवामार्फत भइरहेको छ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क