इन्फो नेपाल — सञ्चारको सञ्जाल

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सुरु हुनेछ।

​लिग चरणको समाप्तीमा काठमाण्डौ तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्ले–अफमा पुगेका थिए। आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

​यसअघि, हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो

फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिमले अब आजको इलिमिनेटर खेलको विजेतासँग भोलि दोस्रो क्वालिफायर खेल्नेछ।

​दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको प्लेअफ समिकरण पूरा

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा…

इन्फो डेस्क