इन्फो नेपाल — सञ्चारको सञ्जाल

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।” यसअघि सोमबार उदयपुरमा त सामुदायिक विद्यालयका विद्यार्थीले जुलुसले नै निकालेर पाठ्यपुस्तक उपलब्ध गराउन माग गरे । पढाइको चिन्ता गर्दै ब्यानर बोकेर बालबालिका नै सडक आन्दोलनमा उत्रेको सम्भवतः यो पहिलो पटक हो । यस घटनाले पाठ्यपुस्तक अभावको समस्याले स्कुले नानीबाबुलाई कति पिरोलेको छ भन्ने स्पष्ट हुन्छ । कानुनअनुसार वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भए पनि स्थानीय तहको निर्वाचन र गत वर्ष ढिलो शैक्षिक सत्र सुरु भएर पढाइ एक महिना लम्बिएका कारण यस पटक जेठ १ देखि मात्रै पढाइ सुरु भएको हो । यस पटक एक महिना ढिलो पढाइ सुरु हुँदा पनि पुस्तक पु¥याउन नसकेको भन्दै पुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आलोचना भइरहेको छ । यसबारे केन्द्रका प्रवक्ता चित्र आचार्यले पुस्तक छपाइ लगभग सकिएको जवाफ दिए । जबकि केन्द्रले केही दिनअघि मात्रै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिलाई अझै १० लाख थान पुस्तक छपाइ बाँकी रहेको लिखित जानकारी गराएको थियो । जनक शिक्षा आफैँले छाप्न नसकेर नेपाल प्रज्ञा प्रतिष्ठानलाई दिएको छ तर नेपाल प्रज्ञाले पनि कागजकै अभावमा तोकिएको सङ्ख्यामा पुस्तक छाप्न नसकेको जनाएको छ । प्रतिष्ठानलाई जनकले कक्षा आठका सात लाख थान पुस्तक छाप्ने जिम्मा दिएको थियो । जनकले नै कागज उपलब्ध गराउने सर्तमा उक्त सम्झौता भए पनि कागज नदिएकाले आफूहरूले छाप्न नसकेको प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक डा जगतप्रसाद उपाध्यायले बताए । प्रज्ञा प्रतिष्ठानसँग भएको सझौताअनुसार पुस्तक छाप्न कागज किन नदिएको त भन्ने जिज्ञासामा आचार्यले प्रतिप्रश्न गर्दै भने, “आफैँलाई त पुस्तक छाप्न कागज छैन । प्रतिष्ठानलाई कसरी दिनू?” जनक शिक्षाको यो जवाफबाट स्पष्ट हुन्छ कि विद्यार्थीले पुस्तक अभावको सामना कहिलेसम्म गर्नुपर्छ भन्ने निधो छैन । गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क