इन्फो नेपाल — सञ्चारको सञ्जाल

अण्डा फुटाउने बित्तिकै यो रङ देखिए सावधान हुनुहोस्, बिरामी पार्ने जोखिम

स्वाद र पौष्टिक तत्वले भरपुर अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । तर यो खानुभन्दा अघि यदि केही कुरामा ध्यान नदिने हो भने यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । विशेषज्ञका अनुसार केही अण्डामा पाइने एउटा खतरनाक ब्याक्टेरियाले मानिसलाई गम्भीर रुपमा बिरामी बनाउन सक्छ । त्यसैले यसलाई पकाउनु र उसिन्नु अघि यसको राम्रोसँग परीक्षण गर्नुपर्छ । यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) ले ब्याक्टेरिया भएको अण्डाको पहिचान गर्ने तरिकाबारे जानकारी दिएको छ । यूएसडीएका अनुसार यदि अण्डाको सेता भागमा तपाईंले गुलाबी रङ देख्नुभयो भने यो तुरुन्त फ्याँक्नुहोस् । अण्डाको रङमा सामान्य परिवर्तन स्यूडोमोनास ब्याक्टेरियाको संकेत हुनसक्छ । यो ब्याक्टेरियाद्वारा संक्रमित अण्डा खाँदा तपाईंलाई फूड पोइजनिङ वा कुनै गम्भीर समस्या निम्त्याउन सक्छ । विशेषज्ञका अनुसार यो ब्याक्टेरियाले अण्डामा हल्का हरियो र पानीमा घुलनशील द्रव्यको निर्माण गर्दछ । यदि तपाईंले अण्डाको सेता भागमा कुनै प्रकारको परिवर्तन देख्नुभयो भने यो खाने गल्ती कुनै पनि हालतमा नगर्नुहोस् । एक अनुसन्धानले पनि अण्डामा गुलाबी वा इन्द्रधनुषी रङ देखा परे यसलाई फ्याँकिदिन सल्लाह दिन्छ । यस्ता खालका अण्डा स्यूडोमोनास ब्याक्टेरियाद्वारा संक्रमित हुनसक्छ । रङबाहेक पनि तपाईं यस्ता अण्डाको भिन्न तरिकाले पहिचान गर्न सक्नुहुन्छ । पोल्ट्री साइन्समा प्रकाशित एक शोधका अनुसार खराब अण्डामा केही अमिलो, बासी वा फल जस्तो गन्ध आउँछ । यस्ता अण्डाको नानीमा सेतो र रेशादार पत्र चढ्ने गर्छ जुन पछि हल्का खैरो हुन थाल्छ । यद्यपि, अण्डाको सेतो भागमा देखिने परिवर्तन सधैं नराम्रो नै हो भन्ने संकेत होइन । यूएसडीएका अनुसार थुप्रै पटक अण्डाको नानीमा देखिने परिवर्तन कुखुराको खान्कीमा पनि निर्भर हुन्छ । फूड अथोरिटीका विशेषज्ञका अनुसार यदि कुखुराले पहेँलो र सुन्तला रङका खानेकुरा खाइरहेको छ भने अण्डाको नानी गाढा पहेँलो हुने गर्छ । विशेषज्ञका अनुसार घरमा अण्डालाई त्यहि कार्टुनमा राख्नुपर्छ जसलाई पसलेले दिने गर्छन् । यसलाई फ्रिजमा राख्नेबेला पनि केही कुरालाई ध्यानमा राख्नुपर्छ । फ्रिजमा अण्डालाई ४५ डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसो गर्दा अण्डा खराब हुने जोखिम निकै हदसम्म कम हुने गर्छ ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता