इन्फो नेपाल — सञ्चारको सञ्जाल

अतिक्रमित संरचना भत्काउन इटहरीका मेयर डोजर लिएर निस्किए

इटहरी | इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । बर्खाको समयमा इटहरी बाढीले डुबान हुने भएकाले अतिक्रमित क्षेत्रमा बनेका संरचना भत्काउन सुरु गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेल डोजरसहित खोला पैनी पुगेका थिए । पटक-पटक सूचना जारी गर्दा पनि नभत्काएपछि उक्त संरचना भत्काउन सुरु गरेको पौडेलले बताए । अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको अडान छ । टेंग्रा खोला, खेती खोला र सुकुम्बारी पैनीको दुवै किनारबाट ६-६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मानी उक्त खोला पैनीको दुवैतर्फ ६-६ मिटर नछोडीकन बनेका भवन संरचना हटाउन सुरु गरिएको मेयर पौडेलले जानकारी दिए । मङ्गलवार सो क्षेत्रका केही संरचना भत्काइएका छन् । बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठुलो पानी पर्दा इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् । अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तिमा बस्नेलाई जोगाउन उपमहानगरले अवैध संरचना हटाउन सुरु गरेको मेयर पौडेलले बताए । खोलाको संरचना क्लियर गरेपछि खोलाको दुवैतर्फ २०–२० फुट बाटोसमेत निकालिने हुँदा आवतजावतमा सहजता हुने र खोलाको ब्युटिफिकेसनमा सहयोग पुग्ने उनले बताए । खास गरी इटहरीका ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क