इन्फो नेपाल — सञ्चारको सञ्जाल

अध्यागमन विभागमा ई-भिसा प्रणाली सुरु, यस्तो छ भिसा लिने प्रक्रिया

काठमाडौं - अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा प्रणाली सुरु गरेको छ। यस प्रणालीमार्फत सेवाग्राहीले अनलाइनमा नै भिसाको लागि आवेदन दिन र शुल्क भुक्तानी गर्न सक्नेछन्।विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार यो प्रणालीले भिसा सेवालाई सरल, सहज र पारदर्शी बनाउनेछ। अब सेवाग्राहीले लामो लाइनमा बसेर पर्खनु पर्ने छैन। उनले भने, "हामीले विभागको कार्य समय बिहान ८ देखि साँझ ८ बजेसम्म कायम गरेका छौं। साथै, कर्मचारीलाई फोन र सामाजिक सञ्जालमार्फत समेत उपलब्ध गराइएको छ।" ई-भिसाको आवेदन दिन विभागको वेबसाइट www.nepaliport.immigration.gov.np मा गएर ८ चरणे प्रक्रिया पूरा गर्नुपर्नेछ। शुल्क भुक्तानीका लागि अनलाइनका साथै निजी वालेट (इ-बैंकिङ) को प्रयोग गर्न सकिने जनाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क