इन्फो नेपाल — सञ्चारको सञ्जाल

अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या, काठमाण्डौ ल्याउने तयारी

कैलाली – कैलालीकाे धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई काठमाण्डौ ल्याउने तयारी गरिएको छ । चिकित्सा क्षेत्रकाे सुधार माग गर्दै अनशनरत केसीमा कडा खालको अल्सरको समस्या देखिएपछि काठमाण्डौ पठाउने तयारी गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । सेती प्रादेशिक अस्पतालले डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सुभाव दिएपछि काठमाण्डौ पठाउने तयारी गरेको उहाँले बताउनुभयो । तर डाक्टर केसीले भने मान्नुभएको छैन । अहिले सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । डा. केसीलाई मनाएर केहीबेरमा काठमाण्डौ पठाउने तयारी थालिएको उहाँले बताउनुभयो । केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावकाे शङ्का भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताउनुभएको छ । यसैबीच धनगढीमा अनशनरत डा. गोनिन्द केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको छ । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सहभागी हुनुहुन्छ भने नेपाल चिकित्सक सङ्घका तर्फबाट डा. अनिलविक्रम कार्की, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओमप्रकाश अर्याल र डा. विष्णु पोखरेल सहभागी हुनुहुन्छ । डा. केसीले सात बुँदे माग राखेर भदौ २७ गतेदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशन सुरु गर्नुभएको हो । उहाँको यो २० औँ अनशन हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क