इन्फो नेपाल — सञ्चारको सञ्जाल

अन्ततः हर्क साम्पाङले मागे माफी

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले दलितद्वेषी स्टाटसप्रति माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत क्षमा मागेका हुन् । आफूले मंसिर २८ मा आफूले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग भएको भन्दै त्यसले दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै माफी मागेका हुन् । उक्त शब्दले धेरैलाई दुःखी बनाएककाले त्यसका लागि आफ्नो शब्द फिर्ता लिंदै यसबाट कसैलाई ठेस पुर्याउने नियतवश उक्त स्टाटस नरहेको पनि जानकारी गराएका छन् । राईले आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै आफुबाट गल्ति भएको भन्दै क्षमा मागेका हुन् । प्रमुख राइले अभिव्यक्तिले ७० लाख दलित समुदायमाथी अपमान भएको भन्दै धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्यदेखि स्थानीय राजनीतिक दलका भ्रातृ संघ संगठनले बिरोध जनाउनुका साथै सोमबार राई बिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गराउने तयारी गरेका थिए । यति मात्र नभएर राष्ट्रिय दलित आयोगलेसमेत उनलाई कानूनी कारवाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । आइतबार मात्रै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र सदस्य सुन्दर पुर्कुटीसहितको टोलीले गृहसचिव विनोप्रकाश सिंहलाई भेटेर तत्काल कारबाही गर्नका लागि निर्देशन दिएको थियो । सचिव सिंहले तत्काल कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क