इन्फो नेपाल — सञ्चारको सञ्जाल

अन्तरिक्षमा चिन र अमेरिकाको युद्धको तयारी चीनले गर्‍यो उजुरी एलन मस्क विवादमा

काठमाडौं । स्टारलिङ्क इन्टरनेट सेवाको परियोजनामार्फत प्रक्षेपण गरिएका स्याटलाइटलाई जबरजस्ती आफ्नो स्पेस स्टेसनसँग ठोकाउन खोजेको भन्दै चीनले एलन मस्क विरुद्ध उजुरी गरेपछि  सामाजिक सञ्जालमा उनले आलोचना खेपिरहेका छन् । स्टारलिङ्क स्याटलाइट आफ्नो स्पेस स्टेसनसँग दुई पटक ठोक्किन आएको बेइजिङको दाबी छ ।

संयुक्त राष्ट्र सङ्घको स्पेस एजेन्सीमा दिइएको उक्त उजुरीको विषयमा अहिलेसम्म स्वतन्त्र पुष्टि भने भएको छैन । स्टारलिङ्क एलन मस्कको स्पेस एक्सबाट सञ्चालित स्याटलाइट इन्टरनेट नेटवर्क हो ।

कार निर्माता कम्पनी टेस्ला नियामकको छानबिनको दायरामा आउने क्रम बढेपछि चीनमा उनी चर्चामा छन् । बाह्य अन्तरिक्ष मामिलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय कार्यालयमा यसै महिना चीनले दर्ता गराएको कागजात अनुसार यो घटना जुलाई १ र अक्टोबर २१ मा घटेको हो ।

‘सुरक्षाका लागि चाइना स्पेस स्टेसनले रोकथामका लागि टकराव नियन्त्रक लगाएको छ,’ एजेन्सीको वेबसाइटमा प्रकाशित कागजातमा चीनले भनेको छ । बीबीसीले अनुरोध गर्दा स्पेसएक्सबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ । उजुरी सार्वजनिक भएपछि ट्वीटरजस्तै चीनको सामाजिक सञ्जाल वाइबोमा एलन मस्क, स्टारलिङ्क र अमेरिकाको चर्को आलोचना भइरहेको छ । एकजना प्रयोगकर्ताले स्टारलिङ्क स्याटलाइटलाई ‘केवल अन्तरिक्ष फोहरमैलाको थुप्रो’ भनेर व्याख्या गरेका छन् ।

‘उक्त स्याटलाइट अमेरिकन अन्तरिक्ष युद्ध सामग्री हुन् र मस्क अमेरिकी सरकार एवम् सेनाले तयार पारेका नयाँ हतियार हुन्,’ अर्का प्रयोगकर्ताले भनेका छन् । त्यस्तै अर्को पोस्टमा भनिएको छ, ‘स्टारलिङ्कले सिर्जना गरेको जोखिम क्रमश खुलस्त हुँदैछ, जसको मूल्य समग्र मानव प्रतिस्पर्धाले चुकाउनुपर्नेछ,’ अर्को पोस्टमा भनिएको छ ।

अमेरिकाले बाह्य अन्तरिक्ष भूभागमा पालना गर्नुपर्ने दायित्वलाई बेवास्ता गर्दै अन्तरिक्ष यात्रीहरूलाई खतरामा पारिरहेको आरोप समेत चीनले लगाएको छ । विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकालाई जिम्मेवार भएर प्रस्तुत हुन चीनले यसअघि समेत आग्रह गरेको बताएका छन् ।

वैज्ञानिकहरूले अन्तरिक्षमा हुने टकरावले निम्त्याउने जोखिमहरूको विषयमा चासो व्यक्त गर्दै आइरहेका छन् । उनीहरूले विश्वभरका सरकारहरूलाई अनुमानित ३० हजार स्याटलाइट र पृथ्वीतर्फ आउँदै गरेका अन्य अन्तरिक्ष फोहरमैलाको जानकारी एकअर्कासँग साझा गर्न आग्रह गरिरहेका छन् ।

स्पेसएक्सले स्टारलिङ्क नेटवर्कका लागि यस अघि नै करिब १९०० स्याटलाइट प्रक्षेपण गरिरकेको छ र थप हजारौँ स्याटलाइट पठाउने योजनामा छ । गत महिना अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्ष फोहरमैलाको विषयलाई लिएर अचानक अन्तरिक्ष स्पेस स्टेसनको अन्तरिक्ष यात्रालाई स्थगित गरेको थियो ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क