इन्फो नेपाल — सञ्चारको सञ्जाल

अभिनेता शाहलाई अदालतले थुनामा पठाउन आदेश दिनुको यि हुन् ५ कारण

काठमाडौँ । एक किशोरीलाई कर णी गरेको अभियोगमा अदालतमा मुद्दा खेपीरहेका अभिनेता पल शाहलाई विहिवार जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीको अनुसन्धानपछि दर्ता भएको मुद्दामा दुई दिन सम्म भएको थुनछेकको वहस पछि अदालतले यस्तो आदेश दिएको हो । पलको मतियारका रुपमा प्रहरीले पेश गरेको उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैया धरौटीमा छोड्न आदेश दिएको छ । पल शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले मुख्य ५ कारण उल्लेख गरेको छ । विहिवार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो। यदि शाहलाई अदालतको यो आदेश चित्त नबुझे शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा निम्न ५ बुँदालाई आधार बनाएको छ । अदालती बयानमा शाहले भने आफुले करणी गरेको स्वीकारेका छैनन् । तर, अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे युवतीको कोठामा गएको स्वीकार गरेका छन् । त्यसरी मध्यरातमा किशोरीको कोठामा जानुपर्ने मनाशिव कारण खुलाउन नसकेको आदेशमा उल्लेख गरिएको छ । यहि कुरालाई अदालतले पहिलो आधार भनेको छ । यस्तै पीडितले गरेको बयान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरुको बयानले समर्थन गरेको आदेशमा उल्लेख छ। पीडितको र बयानमा सामेल अन्य व्यक्तिहरुको भनाईलाई समर्थित गरेको भन्दै अदालतले दोस्रो आधार लिएको छ। शाह आफैँले सार्वजनिक गरेको अडिओलाई अदालतले तेस्रो प्रमाणका रुपमा लिएको छ। छलफलका क्रममा रेकर्ड गरिएको अडिओ शाह स्वयमले सार्वजनिक गरेका थिए। प्रहरीले समेत उक्त अडिओलाई बलियो प्रमाणका रुपमा पेश गरेको थियो। यस्तै, पीडितको शारीरिक परीक्षणको रिपोर्टलाई अदालतले चौथो प्रमाण मानेको छ। पीडितले दिएको बयान र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुको भनाईलाई अदालतले पाँचौँ प्रमाणका रुपमा लिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क