इन्फो नेपाल — सञ्चारको सञ्जाल

अभिनेत्री रेखा थापाले गरिन् इजरायलमा बसोबास गर्ने यी युवकसंग विवाह

अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ । रेशा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए । रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०२९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् । बलराम पर्यटन व्यवसायी हुन् । फिल्म ‘हिरो’ बाट अभिनय करिअर सुरु गरेकी रेखाले त्यसपछि करीब डेढ दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी थिइन् । उनको नाम मात्रैले पनि फिल्म सुपरहिट हुन्थे । कुनै बेला उनको टक्कर हिरोइनसँग नभइ हिरोसँग हुने गरेको थियो । अभिनेत्रीसँगै गायिका, निर्देशक, निर्मात्री, राजनीतिज्ञको रुपमा समेत आफूलाई चिनाएकी रेखा चाँडै नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क