इन्फो नेपाल — सञ्चारको सञ्जाल

अरुण गाउँपालिकामा श्रमदान मार्फत दुइ दिनमा सात किलोमिटर सडक निर्माण

सुनसरी / भोजपुरको अरुण गाउपालिका वडा नम्बर ७ मा श्रमदान मार्फत दुइ दिनमा करिव सात किलोमिटर सडक मर्मत सम्भार तथा सरसफाई गरिएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष कुमार थापाको नेतृत्वमा सडक मर्मत सम्भार तथा सरसफाई अभियान भएको हो । बर्खाको समय पहिरो र सडक कटान हुदा आवतजावत गर्न भैरहेको समस्यालाई मध्यनजर गर्दै थापाले श्रमदान मार्फत सडक मर्मत तथा सरसफाई अभियान सुरु गरेका हुन् । थापाको नेतृत्वमा शुक्रबार सिक्रेटार अन्तर्गत खाल्ले भन्ज्याङ देखि अरुण गा.पा. ५ ऐसेलुडाँडा खरिवोटे सम्म करिव ४ किलोमिटर सडक र शनिबार अरुण गा.पा. ७ सिक्रेटार अन्तर्गत ढुङ्गेबाट खाल्ले साकेवा प्रा.वि सम्म करिव ३ किलोमिटर गरि दुइ दिनमा लगभग ७ किलोमिटर सडक मर्मत तथा सरसफाई भएको छ। थापाको श्रमदान अभियानले छोटो समयमै यति धेरै काम भएको देख्दा आफु हर्षित भएको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग रहने स्थानिय बासि बताए । यस्तै हामि संग कुरा गर्दै अध्यक्ष थापाले बृहत् श्रमदान कार्यक्रमलाई निरन्तर अगाडि बढाउदै श्रमदान कार्यक्रम मार्फत नै वडा भरीका सडक तथा बाटाघाटाहरु साथै खाने पानीको मुहान संरक्षण लगाएतका क्षेत्रमा समेत बिस्तार गर्ने साथै अभियानलाई सफल पार्न सम्पूर्ण वडा वासीमा अनुरोध गरेका छन् । स्थानिय बासि आफ्नै घरको कुटो, कोदालो, बेल्चा, जम्पल र खाजा लिएर श्रमदानमा आउने गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क