इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्काको श्रीमती बलात्कार गर्ने पाँच युवक पक्राउ

काठमाडौं: सामूहिक बलात्कार आरोपमा प्रहरीले डडेलधुराबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका-३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् । चारै जना सामूहिक बलात्कारमा संलग्न रहेको पीडित युवतीका ससुराले चार जनाको नाममा किटानी जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । उनका अनुसार २० वर्षीय युवती पहिलो पटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझो गोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ५ गते बलात्कार हुँदा चार जना र त्यसपछि दुई जना संलग्न भएको खुलेको छ। बलात्कारपछि गर्भ बसेका कारण घटना सार्वजनिक भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखिएको उनले बताए । पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उनले बताए । युवती बलात्कारमा परेको घटना भागेश्वर गाउँपालिका–३ मा भदौ ३० गते आयोजित स्वास्थ्य शिविरमा खुलासा भएको थियो । शिविरमा भिडियो एक्सरे गर्ने क्रममा २० वर्षीय युवतीको पाँच महिनाको गर्भ रहेको पाइएको थियो । श्रीमान् विदेशमा रहेको युवती पाँच महिनाको गर्भवती रहेको पाइएपछि परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामिकाण्डेमा मौखिक उजुरी दिएका थिए । सो उजुरीको अनुसन्धानका क्रममा युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क