इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौं । बजेट प्रकरणमा निर्दोष साबित भएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हो । तत्कालीन अर्थमन्त्री शर्माले चौतर्फी विरोध सिर्जना भएपछि २२ असारमा राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि संसदीय छानबिन समितिले छानबिन अघि बढाएको थियो । तर, उनीमाथि दोषी ठहर गर्ने कुनै प्रमाण नभेटिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीमाथि बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराइएको आरोप लागेको थियो । प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीमाथि छानबिन गर्न माग गरेसँगै संसदको विशेष छानबिन समितिले अर्थमन्त्री शर्मामाथि छानबिन गरेको थियो । तर, समितिले अर्थमन्त्रीमाथि लगाइएको आरोप पुष्टि हुने कुनै आधार फेला नपरेको सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क