इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले कि राजीनामा दिनुपर्ने कि प्रधानमन्त्रीले हटाउनुपर्ने बताएकबा छन् । संसद् बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्री शर्माले गल्ती गरेको बताउँदै नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने नत्र उनलाई हटाउनुपर्ने बताएका हुन् । ‘अब अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेपछि, मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानु पर्छ,’ उनले भने, ‘यत्रो संसद्मा उठ्यो, बाहिर उठ्यो, हो होइन म जान्दिन, यो विषय उठिसकेपछि मैले बुझेको कि अहिले अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई हटाउनुपर्छ र तत्काल छानबिन गर्नुपर्छ ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क