इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्थमन्त्रीले संरक्षण गरेका शाहको शंकास्पद ‘कनेक्सन’ : सम्बन्धको जालो उच्च राजनीतिक तहसम्मै !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्दै गएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शाहको गैरकानुनी धन्दामा अवरोध बनेपछि अर्थमन्त्री शर्माले गभर्नरलाई नै निलम्बित गराएका थिए । यस प्रकरणसँगै अर्थमन्त्री शर्मा विवादमा तानिएका छन् । संदिग्ध शाहको विभिन्न गैरकानुनी धन्दाको कनेक्सन खुल्दै जान थालेको छ । शाहले अमेरिकाबाट ४० करोड रुपैयाँबराबरको शंकास्पद रकम भित्र्याउन चलखेल गर्दै आइरहेका थिए । कालोधनलाई सेतो बनाउने प्रपञ्च’दयगत अनुसन्धान गर्ने अमेरिकी सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले शाहको सो रकम र त्यसको लगानीको स्रोत’दयगत शंका गर्दै नेपाल राष्ट बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । अमेरिकाको सो पत्रअनुसार राष्ट्र बैंकले शाहको रकम रोक्का गर्दै त्यसको विस्तृत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको सो पत्राचारसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थाले पनि अर्थमन्त्री शर्माले विभिन्न पक्षलाई प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानलाई पनि सुस्त बनाउन खोजेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार शर्मा अर्थमन्त्री भएपछि संदिग्ध प्रवृत्तिका शाहले शंकास्पद ४० करोड रुपैयाँ नेपाल भित्र्याउन अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धाउने क्रम बढाएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत छ । त्यसैले अर्थमन्त्री शर्माले यस प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अनावश्यक हस्तक्षेप बढाउन खोजेको स्रोतको दाबी छ । यद्यपि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने कसैको दबाब आए पनि त्यसलाई अस्वीकार गरी शंकास्पद रकम’दयगतको अनुसन्धानलाई सशक्त पारिने जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क