इन्फो नेपाल — सञ्चारको सञ्जाल

अर्थमन्त्री शर्माले राजिनामा नदिए बर्खास्त गर्ने देउवाको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री भएका जनार्दन शर्मा गम्भिर विवादमा तानिएका छन् । मन्त्री भएकै दिन देखि आलोचना खेप्दै आएका उनी अहिले भने थेग्नै नसक्ने विवादमा तानिएका छन् । अर्थमन्त्रीका रुपमा निकै आलोचित भएका उनको राजिनामाका लागि पहिले देखिनै चर्को आवाज उठ्दै आएको थियो यस पटक भने उनी आफ्नै कारणले नमज्जासँग फस्ने अवस्थामा पुगेका छन् । देशको बजेट जस्तो महत्वपूर्ण काममा गम्भिर खेलवाड गरेको आरोप उनी माथि लागेको छ । एक पूर्व नासुलाई बजेट भाषण भन्दा केहि समय अघि अर्थमन्त्रालयमा बोलाएर रातभर राखी करको दर र दायरमा माथि मनलाग्दी गर्न लगाएको आरोप उनी माथि लागेको छ । यति गम्भिर विवादमा फसे पछि शर्मामाथि राजिनामाको चौतर्फी दबाव बढेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत अब शर्मालाई अर्थमन्त्रीमा निरन्ता दिन नसक्ने अवस्थामा पुगेको बताइन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस अघि पनि पटक पटक प्रचण्डलाई अर्थमन्त्री फेरिदिन अनुरोध गरेको बताइन्छ । देउवा र प्रचण्डबीच अर्थमन्त्री फेर्ने मात्रै होइन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गृह र अर्थ मन्त्रालयनै परिवर्तन गर्ने सम्मको कुराकानी पनि भइरहेको खबर छ । अर्थमन्त्री कांंग्रेसले लिएर गृह माओवादी केन्द्रलाई दिने गरि देउवा सकारात्मक भएको बताइन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई खुमलटार बोलाएर राजिनामा दिन सुझाव दिएको बताइएको छ । यता प्रधानमन्त्री देउवाले भने शर्माले सहज रुपमा राजिनामा दिएर सहयोग नगरे कठोर कदम चाल्न समेत बाध्य हुने संकेत पनि प्रचण्ड समक्ष पुर्याएको स्रोतले बताएको छ । बालुवाटार निकट स्रोतले गरेको दाबी अुनसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई बर्खास्ती सम्मको तयारी गरेका छन् । अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार गलत साबित गर्न नसकेमा उनले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने छ । आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्व नासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा जनाइएको छ । बजेट निर्माणका लागि गठित टीमलाई समेत जिल्याउँदै पूर्व नासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ । यति गम्भीर विषय सार्वजनिक भएको घण्टौँसम्म पनि अर्थमन्त्रीले कुनै स्पष्टीकरण दिएका छैनन् । स्रोतका अनुसार यति बेला अर्थमन्त्री शर्मा समाचारलाई कसरी ट्याकल गर्ने भनेर निकटस्थसँग छलफल गरिरहेका छन् । तर, सामान्य खण्डन विज्ञप्ति जारी गरेर मात्रै उनले उन्मुक्ति पाउने अवस्था भने छैन । सरकारको कुनै ओहदामा नरहेको एउटा मामुली पूर्वकर्मचारीलाई ‘विज्ञ’ भन्दै मन्त्रालयमा घुसपैठ गराइनु र अति संवेदनशील मानिने करका दरहरू हेरफेर गरिनु चानचुने विषय होइन । यसलाई लिएर संसदमा समेत अर्थमन्त्रीको राजिनामा माग भएको छ । शर्माको पार्टी नेकपा माओवादीमा समेत यो समाचारले खल्बली पैदा भएको छ । करको दरमा गरिएका केही हेरफेरमाथि पहिल्यैबाट प्रश्न उठिरहेका थिए । खासगरी विद्युतीय सवारीसाधनमा लगाइएको भन्सारलाई लिएर अर्थमन्त्रीको आलोचना भएको थियो । विद्युतीय सवारीलाई प्रोत्साहनको कुरा गरिरहेको सरकारले बजेटमा भन्सार ह्वात्तै बढाइदिनु युक्तिसंगत देखिएको थिएन । यस्तै, स्वदेशी उद्योगीहरूको ढाड भाँच्ने गरी आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले पनि आशंका जन्माइरहेको छ । नयाँ बजेटले तारजाली, घ्यू–तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । स्वदेशी उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नेभन्दा पनि विदेशबाट आयात गर्दा भन्सार घटाउने नीति सन्देहपूर्ण हो । आज प्रकाशित समाचारले विभिन्न उद्योगीसँग ‘सेटिङ’ का आधारमा करको दर हेरफेर गरिएको आशंकालाई बल पुर्‍याएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क