इन्फो नेपाल — सञ्चारको सञ्जाल

अलबिदा 'पदम बा'

काठमाडौँ — कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै फिल्ममा 'बाबु'को भूमिकामा देखिने पौडेल अभिनयको क्षेत्रमा 'पदम बा'को रुपमा चिनिन्थे । कलाकार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीका अनुसार पौडेल एक वर्षदेखि अस्वस्थ थिए । संखुवासभामा जन्मिएका पौडेलले टेलिश्रंखला 'हिजो आजका कुरा'देखि 'राजुराजाराम', 'चट्टान', 'राजधानी', 'म तिमीबिना मरिहाल्छु', 'चोर सिपाही', 'हामी तीन भाइ', 'मलामी'लगायत फिल्ममा अभिनय गरेका थिए। पौडेलका पत्नी देवकुमारी पौडेल, पाँच छोरा र दुई छोरी छन् । संखुवासभाका पहिलो पत्राकारका रुपमा पहिचान बनाएका पौडेलले पत्राकारिता, शिक्षण पेसामा अनुभव बटुलिसकेपछि अभिनय सुरु गरेका थिए । पौडेलको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको परिवारका सदस्यहरूले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क