इन्फो नेपाल — सञ्चारको सञ्जाल

अलैँचीबाट नेपालले कमायो ७ अर्ब ७० करोड !

काठमाडौँ: नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो । यस अवधिमा नेपालबाट ९३ लाख ८६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोडले अलैँचीको निर्यात बढेको हो । नेपालबाट विश्वका ४ वटा देशमा अलैँची निर्यात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारतमा ७ अर्ब ६८ करोडको अलैँची निर्यात भएको तथ्यांक छ । यस्तै, पाकिस्तानमा १ करोड ९० लाख रुपैयाँको अलैँची निर्यात भएको छ भने इटालीमा १० लाख र जर्मनीमा ६ लाखको अलैँची निर्यात भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क