इन्फो नेपाल — सञ्चारको सञ्जाल

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, १९ राष्ट्रिय राजमार्ग पुण रुपामा अबरुद्ध

काठमाडौं | रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण नेपालभरको जनजीवन अत्यन्तै प्रभावित भएको छ । देशका विभिन्न भागहरूमा बाढी, पहिरो र डुबानका कारण सडक सञ्जाल अवरुद्ध भएको छ, जसले गर्दा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ।

बिहानै देखी पहिरोका कारण देशभरका १४१ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका थिए। सडक विभागको अपडेट अनुसार, दिउँसो १ बजेसम्मको तथ्यांकमा अझै पनि १९ राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। यसैबीच, ७१ राजमार्गहरूमा एकतर्फी यातायात सुचारु गरिएको छ भने ५१ राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।

अवरुद्ध प्रमुख राजमार्गहरूमा :

  • संखुवासभा जिल्लाको रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग)
  • लमजुङ जिल्लाको डुम्रे-बेशीसहर-चामे
  • गुल्मी र स्याङ्जा जिल्लाको तानसेन-रिडी-कोरला
  • म्याग्दी जिल्लाको तानसेन-रिडी-कोरला
  • प्युठान जिल्लाको भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट
  • पाल्पा जिल्लाको वर्तुङ-तानसेन-रिडी-वामीटक्सार-खर्वाङ
  • सिन्धुपाल्चोक जिल्लाको काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग)
  • उदयपुर जिल्लाको माडर-चौराहवा, गोलबजार-सिरहा-साँघुरे-उदयपुर, मिर्चैया-कटारी-घुर्मी, हिलेपानी-ओखलढुंगा-सल्लेरी
  • कालिकोट जिल्लाको सुर्खेत-तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक
  • काभ्रेपलाञ्चोक जिल्लाको वर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल (वि.पी. राजमार्ग)
  • अछाम जिल्लाको साँफेबगर-मार्तडी-कोल्टी
  • स्याङ्जा जिल्लाको बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
  • ललितपुर जिल्लाको हेटौंडा-वागमती-टिकाभैरव-भैसेपाटी-एकान्तकुना (कान्ती राजपथ)

    नागरिकहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र आपतकालीन सूचनाहरूको लागि स्थानीय प्रशासन र सञ्चार माध्यमहरूसँग सम्पर्कमा रहन अनुरोध गरिएको छ। मौसम सुधार नभएसम्म थप पहिरो र बाढीको जोखिम रहेको भन्दै सबैलाई सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

    निरन्तर अपडेटका लागि निशुल्क इन्फो नेपालको सदस्य बन्नुहोस् ।

    सम्बन्धित समाचार

    भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

    बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

    बसन्त भण्डारी

    रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

    हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

    घुमन्ते

    English

    Nepal Flood 2026: Full Timeline Explained

    KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

    Info Nepal

    मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

    मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

    इन्फो डेस्क