इन्फो नेपाल — सञ्चारको सञ्जाल

अविवाहितलाई पनि गर्भपतनको अधिकार !

नयाँ दिल्ली — भारतको सर्वोच्च अदालतले अविवाहित महिलाले पनि २४ हप्तासम्म गर्भपतन गराउनसक्ने आदेश दिएको छ । कानुनले उक्त अधिकार विवाहित महिलालाई मात्रै दिएको छ । अदालतले विवाहित वा अविवाहित महिलाबीच भेदभाव गरिनुलाई अनुचित भनेको छ । विवाहित महिलाले केही सर्तहरुमा रहेर २० देखि २४ हप्ताभित्रको भर्गलाई पतन गराउन पाउने सुविधा कानुनले दिएको छ । अविवाहित महिलाले गर्भधारण गर्न सक्दैन भन्ने मान्यताको जगमा उक्त कानुन टिकेको बताइन्छ । अदालतले लिव–इन–रिलेसनसीप वा एक्लै बस्ने महिलालाई त्यस सुविधा भन्दा बाहिर राख्नुलाई असंवैधानिक ठहर गरेको छ । महिला अधिकारको पक्षमा सर्वोच्च अदालतको उक्त फैसलालाई ऐतिहासिक मानिएकको छ । न्यायाधीश डीवाई चंद्रचुडको नेतृत्वमा रहेको बेन्चले विवाहित महिला पनि पतिबाट जबर्जस्ती सम्बन्धको शिकार हुनसक्ने भएकाले बलात्कारको अपराध व्याख्यामा वैवाहिक दुष्कर्मलाई समावेश गर्न पनि आदेश दिएको छ । लिभ–इन–टुगेदरमा बसेकी २५ वर्षीया एक महिलाको मागका आधारमा अदालतले उक्त आदेश गरेको हो । महिलाले आफ्नो २४ हप्ताको गर्भलाई पतन गराइपाऊँ भन्दै अदालतसँग आदेश मागेकी थिइन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क