इन्फो नेपाल — सञ्चारको सञ्जाल

अस्पतालमा टिकटको लाइनमै युवकको ज्यान गयो

चितवन । लामो समयदेखि मुटुसम्बन्धी उपचारका लागि अस्पताल आउने क्रम जारी रहेको छ। तर, उपचारकै क्रममा नसोचेको घट्नास्थल बन्यो बकुलहर रत्ननगर अस्पताल। आइतबार बिहान उपचारका लागि अस्पताल आएका एक युवकको बहिरंग सेवामा नै टिकट काट्नै क्रममा अकस्मात मृत्यु भयो। मृतक लौरीघोल निवासी ३४ वर्षीय जीवनबाबु थापामगर हुन्। उनलाई मुटुको समस्या भएकाले सोही अस्पतालबाट नियमित जाँच गराउने गरेका थिए। आइतबार बिहान पनि उनी अस्पताल आएका थिए। मुटुको परीक्षणका लागि बहिरंग विभागमा टिकट काट्न लामो लाइनमा बसेका थिए। "कोरोना महामारीका कारण लामो समयदेखि अस्पतालहरुमा उपचार नभएका बिरामीहरु अहिले भीड लाग्ने गरेको छ," अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. मदन ज्ञवालीले भने, "लामो समयसम्म लाइनमा बसेपछि उहाँलाई अचानक ज्यान गएको हो।" उनका अनुसार थापामगरलाई एक प्रकारको कार्डियाक अरेस्ट भएको थियो। उनलाई तत्काल आकस्मिक कक्षमा लगिए पनि बचाउन सकिएन। लामो समयदेखि मुटु सम्बन्धी समस्याले ग्रसित थापामगरको अकस्मात लामो लाइनमा बसेपछि मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क