इन्फो नेपाल — सञ्चारको सञ्जाल

अस्पताल काेभिड बिरामीले भरिए

काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरुलाई खाेप लगाउन अ‌ाह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् । दक्षिण अफ्रिकाकाे सरुवा राेगका लागि राष्ट्रिय संस्था (एनअ‌ाइसीडी) का अनुसार पछिल्लाे समयमा संक्रमणमा भएकाे बृद्धि अप्रत्यासित हाे । देश काेभिडकाे चाैथाे लहरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ' दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,' संक्रमक राेग विज्ञ इयान साने भन्छन् । संक्रमितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई अ‌ाग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनकाे व्यवस्था गर्नुपर्ने उनकाे सुझाव छ । दक्षिण अफ्रिकाकाे मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा फरिद अब्दुल्लाहले जाेहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेकाे बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेकाे गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अधिकांश विरामीले खाेप नलगाएकाे र डरलाग्दाे संख्यामा बालबालिका संक्रमित भएकाे चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क