इन्फो नेपाल — सञ्चारको सञ्जाल

अहिलेसम्मकै ठुलो लामपुच्छ्रे तारा पृथ्वीतर्फ आउँदै, के पर्ला असर ?

वासिङटन । चार अर्ब वर्ष भन्दा धेरै पुरानो एउटा लामपुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको छ । कम्तीमा ८० माइल चौडा अर्थात रोह्डे टापुभन्दा दोब्बर आकारको यो तारा अहिले २२ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ । यो अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठूलो लामपुच्छ्रे तारा हो । यो सौर्य प्रणालीको किनारको भित्री भागबाट दौड लगाउँदै छ । शौभाग्यवश हामीले यसबाट पृथ्वीमा कुनै नराम्रो असर पार्लान् भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन । खगोलशास्त्रीहरूका अनुसार यो कहिल्यै पनि सूर्यदेखि एक अर्ब माइल भन्दा बढी नजिक आइपर्ने छैन । यो दुरी भनेको पृथ्वी र शनि ग्रहबीचको दुरी भन्दा अलि बढी हुन्छ । यो तारा सन् २०३१ को कुनै समय पृथ्वीको नजिक आउने अपेक्षा गरिएको छ । त्यसको अर्थ यस ब्रम्हाण्डीय वस्तुलाई लिएर चिन्तित हुन पनि हामीसँग अझै केही वर्ष बाँकी नै रहेको छ । वास्तवमा कुनै लामपुच्छ्रे तारा वा आकासीय पिण्ड हाम्रो दिशामा नजिकिने घटना सदैव रोमान्चक रहँदै आएको छ । Global bank युक्लास्थित ग्रह विज्ञान तथा खगोल शास्त्रका प्राध्यापक डेबिड जेबिटले वर्षौंअघि यो तारा सौर्य प्रणालीबाट उछिट्टिएको बताएका छन् । उनले वर्षौंसम्म यो हाम्रो सौर्य प्रणाली वरपर थुप्रै लामपुच्छ्रे तारा घुमिरहेने 'ओेर्ट बादल'मा बसेको पनि बताएका छन् । त्यसपछि अन्य ताराहरूले जस्तै यस प्राचीन ताराले पनि अरबौँ माइल गहिरो अन्तरीक्षको सौर्य प्रणाली घुम्न थालेको बताइएको छ । बीजीआरबाट ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क