इन्फो नेपाल — सञ्चारको सञ्जाल

आइतवार बिदा दिने निर्णय बिरुद सर्वोच्चमा पर्‍यो दुई वटा रिट

काठमाडौं : सरकारको आइतवार पनि बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट परेको छ। आइतवारको बिदा खारेजीको माग गर्दै आज दुई रिट दर्ता भएको हो। अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता डा दीपकविक्रम मिश्र तथा अधिवक्ता रामबहादुर शाही, अधिवक्ता सन्तोष भण्डारी, अधिवक्ता तेजकुमार लोहिया र अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल सरकार र विभिन्न मन्त्रालयहरुलाई विपक्षी बनाई सर्वोच्चमा रिट दर्ता गरेका हुन्। यसअघि २०५६ मा काठमाडौंमा यो नियम आर्थिक, सामाजिक, भौगोलिक कठिनाई र हाम्रो काम गर्ने संस्कृतिको कारण निरन्तरता पाउन नसकेको उल्लेख गर्दै निवेदकहरुले अहिले पनि कुनै अध्ययन, अनुसन्धान र विश्लेषणबिना नै ठूलो संवेदनशिल विषयमाथि निर्णय गरिएको बताइएको छ। यस निर्णयले देशको आर्थिक स्थिति मात्र नभई हरेक क्षेत्रमा दुरगामी असर निम्त्याउने उनीहरुको तर्क छ। यो कार्य आफैमा असंवैधानिक र विवादास्पद भएकोले सो निर्णय उत्प्रेषणको आदेशले बदरभागि भएको उनीहरुको दावी छ। निर्णय बदरको माग गर्दै उत्प्रेषण, परमादेश लगायतका आवश्यक तथा उपयुक्त आदेशको माग ‍समेत गरिएको छ। गत बैशाखको दोस्रो साता सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्मको कार्यसमय पनि तोकेको थियो। यसअघि नेपाल राष्ट्र बैंकले साताको दुई दिन बिदा दिने प्रस्ताव गरेको थियो। इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क