इन्फो नेपाल — सञ्चारको सञ्जाल

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र बोर्डले सूचना जारी गरी आइपिओ अनुमति दिएको जनाएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर निष्काशन गर्ने छ । आइपिओ अनुमति पाउने नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री हो । त्यसैगरी क्रेस्ट माइक्रो लाइफले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित मूल्यमा जारी गरिने सेयरको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ रहेको छ । धितोपत्र बोर्डको यस निर्णयसँगै दुबै कम्पनीले आगामी दिनमा आफ्नो आइपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् । यसले पुँजी बजारमा लगानीकर्ताहरुलाई नयाँ अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क