इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगामी निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै, तलब झन्डै ५० हजार

काठमाडौं: सरकारले आउँदाे मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि पालिका चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । उनीहरूका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । ४० दिनका लागि म्यादी प्रहरीले तलब, रासन, पोसाकलगायत सबै भत्तासहित जोडेर झन्डै ५० हजार रुपैयाँ हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ । म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० रुपैयाँ तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार रुपैयाँ नाघ्ने छ । म्यादी प्रहरीले तलब मात्रै ३४ हजार सात सय ६० रुपैयाँ प्राप्त गर्नेछन् । त्यसका साथै रासनबापत सात हजार दुई सय रुपैयाँ पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोसाकका लागि छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा एक हजार रुपैयाँ थप पाउने छन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ । यस्तै आवतजावत भाडा खर्च एक हजार रुपैयाँ दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन तीन सयका दरले पाउने छन् । यो खर्च भने सबै प्रहरीले पाउने छन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आउँदाे असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क