इन्फो नेपाल — सञ्चारको सञ्जाल

आजका मुख्य ७ खबर

१ - लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी सडक अवरूद्ध। २ - स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको टिप्पणी, स्थानीय तहलाई विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्न सुझाव । ३ - नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि ठूलो मात्रामा कृषिजन्य सामग्री आयात हुनु दुःखद् भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आयात घटाउन कृषिजन्य उत्पादनलाई बढाउनुपर्नेमा जोड । ४ - नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने । ५ - सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने, बजार अनुगमन र मूल्य नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न स्थानीय तहलाई पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ । ६-  बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २६१ पुग्यो, पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त । ७ - बुधबार सेयर बजारमा हरियाली, ४१.३९ अंकले बढ्यो नेप्से, व्यापार समूहका लगानीकर्ताले सर्वाधिक कमाए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क