इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज कोशी प्रदेश बन्द

विराटनगर– प्रदेश नामकरणको विरोधमा आइतबार कोशी प्रदेश बन्दको आह्वान गरिएको छ । बन्दका कारण कोशी प्रदेशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि विभिन्न ठाउाँमा सार्वजनिक सवारीसाधन चलेका छैनन् । कोशी प्रदेशका पथरी, इटहरी, तरहरा, धरान आदि स्थानमा बन्दकर्ताहरु सडकमा आएका छन् । उनीहरूले सडकमा अवरोध गरिरहेका छन् । प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन संघर्ष समितिले आजको बन्द आयोजना गरेको हो । संघर्ष समितिमा विभिन्न पहिचानवादी जातीय संस्थाहरूको सहभागिता रहेको छ । प्रदेश बन्दको पूर्व सन्ध्यामा शनिवार कोशी प्रदेशका विभिन्न सहरहरूमा राँके जुलुस समेत प्रदर्शन गरिएको थियो । प्रदेश सभाले यो प्रदेशको नाम कोशी प्रदेश राखेपछि विभिन्न समुहले विरोध गर्दै आएका छन् । कोशी प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्यमध्ये ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क