इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज र भोलि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम सुधार हुने

काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै गएकाले आज र भोलि वर्षाको मुख्य प्रभाव पश्चिमी क्षेत्रमा केन्द्रित हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित पूर्वी भूभागमा आजदेखि नै वर्षा कम हुँदै जानेछ भने सोमबारदेखि देशभरकै मौसममा सुधार आउनेछ।

​अहिले मध्य र पश्चिमी क्षेत्रका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा दर्ता भएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना कायमै छ।

​विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भने निकै भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरीको समेत जोखिम छ।

​सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ। वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले मौसमविद्हरूले आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क