इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बरको अन्तिम बुधबार यो दिवस मनाउने गरिन्छ।

​यस वर्ष “बलियो हड्डी, बलियो शरीर खेलकुद र विकासका लागि दूध अमूल्य आधार” भन्ने नारा तय गरिएको छ। दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण सुधार र किसानको दूध बजार विस्तारका लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्न माग गरेको छ।

​एसोसिएसनका अनुसार विद्यालय दूध कार्यक्रमले बालबालिकालाई स्वस्थ राख्न सहयोग पुर्‍याउनुका साथै किसानको उत्पादनले सहज बजार पाउनेछ। यसले स्थानीय दुग्ध उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक असर पुग्ने विश्वास लिइएको छ।

​संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) को आह्वानमा सन् २००० देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।

सम्बन्धित समाचार

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुस…

इन्फो नेपाल संवाददाता