इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज वि.सं. २०७८ साल पौष महिनाको १८ गते आइतबार, पौष कृष्णपक्षको अमावश्य तिथि । आज गयामौनी औंसी

मेष- पेशागत जीवनमा नयाँपना अनुभूति हुने छ । आम्दानीमा बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । प्रेममा सफलता मिल्ने भएकाले मन फुरुङ्ग हुने छ । स्थिरताको आभाष हुने र उमङ्ग प्राप्त हुनेछ । आँटेका कामहरु उत्साहजनक तरीकाबाट अघि बढ्ने छ । घर जग्गाको कारोबारबाट लाभ मिल्ने छ ।

वृष- पेशागत जीवनमा पनि उल्झनहरुको सामना गर्नु पर्ने छ । आर्थिक कठिनाई उत्पन्न हुने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । मनमा अस्थिरताका क्रमहरु एकपछि अर्काे गर्दै आउने हुँदा तनाव कायम हुने छ । दाम्पत्य जीवनमा एकअर्काको भरोषा कायम रहने छ । सवारीसाधनसम्बन्धी विषयमा समस्या खेप्नु पर्ने छ ।

मिथुन- पेशागत जीवन सहज हुने छैन् । आर्थिक पक्ष पनि कठिनाईबाट अघि बढ्ने छ । शेयर क्षेत्र औसत रहने छ । स्वास्थ्यमा समस्या देखिने हुँदा अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छ । मुद्धा मामिलासम्बन्धी विषय उत्पन्न हुने र धाउनु पर्ने छ । परिवारका सदस्यहरुबीच सद्भाव र सहयोगको वातावरण कायम हुने छ । धैर्य भएर कदमहरु चाल्नु होला ।

कर्कट- पेशागत जीवन औसत खालको हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । साथिभाइको साथ मिल्ने छ । खर्च भने अलि बढ्न जाने छ । रसिक स्वाभावको व्यक्ति हुने हुँदा मिलनसारपना आउने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । प्रहरी प्रशासनको फन्दामा पर्ने जोखिम देखिएकाले सतर्क रहनु होला । नयाँ गन्तब्यमा यात्रा हुने छ ।

सिंह- पेशागत जीवनमा सफलताहरु प्राप्त हुने छन् । महत्वपूर्ण जिम्मेवारी हात लाग्ने छ । आर्थिक पक्ष सुदृढ रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । आफु भन्दा माथिका हाकिमहरुको विश्वास आर्जन हुने छ । कला साहित्य तथा संगीत जस्ता सृजनशिल क्षेत्रमा कदम अघि बढ्ने छन् । परिवारमा शान्तिपूर्ण वातावरण बन्ने छ ।

कन्या- पेशागत जीवन मध्यम खालको रहने छ । विदेश यात्राको ढोका खुल्न खोजे पनि केही समस्याका कारण अड्चन देखा पर्ने छ । शेयर क्षेत्र औसत हुने छ । अलि कडा शैलीको व्यक्तित्व बन्ने हुँदा झैझगडाको अवस्था आउने छ । स्वादिष्ट भोजनको अवसर प्राप्त हुने छ । सामाजिक जीवनमा भुमिका खेल्न मन लाग्ने छ । स्वास्थ्यमा भने असन्तुलन पैदा हुँदा मनोबलको कमि हुने छ ।

तुला- पेशागत जीवन फलदायी रहने छ । विदेश यात्रा सफल हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । जीवनसाथिको साथका कारण व्यावहारिक रुपमा निकै सहजता उत्पन्न हुने छ । सफलताका मात्राहरु एकपछि अर्काे गरि आउने छन् । परिवारमा प्रेममय वातावरण बन्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ भने सौहार्दतामा बृद्धि हुने छ । यौन जीवनमा संयमित रहनु होला ।

वृश्चिक- पेशागत जीवनमा सफलताहरु हात पर्ने छन् । खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले खर्च बढ्न जाने छ । शेयर क्षेत्र औसत खालको रहने छ । मान सम्मान प्राप्त हुने छ । अरुले कदर गर्ने छन् । आर्थिक जीवन सहज बन्ने छ । जोखिमपूर्ण क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । बोली प्रभावकारी हुने छ । चोरी हुने खतरा रहेकाले चनाखो रहनु होला ।

धनु- पेशागत जीवनमा चुनौति आउने छ । शेयर क्षेत्रमा नोक्सानी व्योहर्नु पर्ने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नु पर्ने छ । प्राप्त भइरहेको विश्वासमा कमि आउने छ । गलत संगत जस्ता विषयमा निकै चनाखो रहनु होला । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर संचालन गर्नु होला । पश्चातापका क्रमहरु मनमा देखा पर्दा तनावपूर्ण मनस्थिति बन्न पुग्ने छ । बौद्धिकतामा कमि आउने छ ।

मकर- पैतृक सम्पत्ति बेचबिखन गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले आर्थिक चुनौति थपिने छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र जोखिमले भरिएको हुने छ । उल्झन र आरोप प्रत्यारोपका कारण उत्साहको कमि हुन जाने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । दाम्पत्य जीवनमा कटुता र असमझदारी उत्पन्न हुने छ ।

कुम्भ- पेशागत जीवन सकारात्मक दिशामा अघि बढ्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । बोलीको प्रभावमा बृद्धि हुने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने अवसर प्राप्त हुने छ भने नयाँ स्थानमा भ्रमण हुने छ । नयाँ सोच र योजनाहरु बन्ने छन् । परिवारमा विश्वासको कमि देखिने छ । एकलकाँटे स्वाभाव त्याग्ने जमर्काे गर्नु होला । रिस नियन्त्रण नगरे प्रत्युत्पादक हुनेछ ।

मीन- पेशागत जीवनमा उन्नतिका संकेतहरु स्पष्ट हुने छन् । आर्थिक पक्ष सवल बन्ने छ । शेयर क्षेत्र अनुकुल बन्ने छ । घर घडेरी तथा सवारीसाधनको कारोवारमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । नयाँ वाहन खरिदको निर्णय गर्न मन लाग्ने छ । मनमा अन्योलताका क्रम भने औसत भन्दा बढि देखिन जाने छ । दाम्पत्य जीवनमा उत्साहपूर्ण वातावरण कायम हुने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी