इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ- साउन महिनाको आज तेस्रो सोमबार । हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्। सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। साउने सोमबार मनाउन देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । भगवान् शिवको पूजाआरधना गरी हिन्दूधर्मावलम्बीहरुले साउनका सबै सोमबार विशेष रुपमा मनाउँदै आएका छन् । खासगरी महिलाहरुले श्रीमानको दीर्घायू एवम् सुस्वास्थ्यको कामना गर्दै साउने सोमबार विशेष रुपमा मनाउँछन् । हातमा मेहन्दी लगाएर, हरियो–पहेंलो पहिरनमा सजिएर, ब्रत बसी भगवान् शिवको प्रार्थना गरी महिलाहरुले साउने सोमबार मनाउने चलन छ । साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क