इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज १७औं लोकतन्त्र दिवस

काठमाडौं: १७औं लोकतन्त्र दिवस आज (सोमबार) मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिनको सम्झनामा २०६४ सालदेखि हरेक वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । १७औं लोकतन्त्र दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । ०६२/६३ को आन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । उनले आफूले इच्छा गरेअनुसार शासन चलाउन थालेपछि जनताको आन्दोलनको उभारले नारायणहिटीबाट नागार्जुन पठाएको थियो । २०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन सत्ताको बागडोर सम्हालेपछि आन्दोलनरत सात दल र नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । २०६२ फागुनदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुन:स्थापनाको घोषणा गरी बैठक आह्वान गरिएको थियो । सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क