इन्फो नेपाल — सञ्चारको सञ्जाल

आठ महिनामै मन्त्री परिवर्तन

काठमाडौं, जेठ २३। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री परिवर्तन गर्न लागिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । सोहीअनुसार पार्टीले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको काठमाडौंस्थित आलोकनगर पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ नामावली सिफारिस गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउने सहमति भए पनि निर्वाचनपछि बोलाउनुपर्ने सुझाव आएको थियो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउँदा नराम्रो सन्देश जाने भएकाले केही समयका लागि रोकिएको थियो । एकीकृत समाजवादीका नेता झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताए । नयाँ मन्त्रीको सिफारिस गर्ने अधिकार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ । एकीकृत समाजवादी स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई पार्टीले आइतबार नै मन्त्री हुनेको नामावली बुझाइएको छ । उनीहरूलाई आज शपथ गराउने तयारीमा सरकार रहेको छ । एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ । एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको हो । राजधानी दैनिकबाट

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क