इन्फो नेपाल — सञ्चारको सञ्जाल

आत्मनिर्भर लघुवित्तको आईपीओ : पहिलो कारोबार एक हजारमा हुन सक्ने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका सेयर निष्कासन गर्न लागेको हो । NMB Bank कम्पनीले दुई लाख तीन हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको छ । त्यसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लािगएको हो । तीन हजार ११७ कित्ता सेयर कर्मचारी र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको हो । सर्वसाधारणले बाँकी रहेको एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले लघुवित्तको आईपीओमा यही माघ १६ देखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले आउँदो फागुन ११ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसेयर खातामार्फत आवेदन दिन सक्नेछन् । आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा छ । लेखापरीक्षण भइसकेको वास्तविक वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा छ । कम्पनीको पहिलो सेयर कारोबार एक हजार रुपैयाँभन्दा बढीमा हुने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई पहिलो कारोबारका लागि वास्तविक नेट्वर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क