इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘आत्महत्या गरे’ भनिएका हेटौंडाका बैंकर जिवितै रहेको आफन्तको दाबी

काठमाण्डौ । हेटौंडास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक बैंकर निराजन देवकोटाले आत्महत्या गरेको समाचारले केही साता नेपाली मिडिया निकै तात्यो । बैंकको उच्च व्यवस्थापनले ‘टर्चर’ दिएर उनले आत्महत्या रोजेको भन्दै कतिपयले समाचार पनि बनाए, भाइरल भए । उनले गरेको भनिएको ‘आत्महत्या’को विषयमा केहीले भने सुरुवातदेखि नै शंका व्यक्त गरिरहेका थिए । दशैंअघि हेटौंडामा भेटिएका उनका एक आफन्त(परिवारभित्रकै व्यक्ति, जसले नाम गोप्य राखिदिन अनुरोध गरेका छन्)को दाबीलाई मान्ने हो भने निराजन देवकोटाले आत्महत्या गरेका होइनन् वा उनी मरेका छैनन् । उनी जिवितै छन् । ती आफन्तकाअनुसार निराजन देवकोटा मास्टरमाइण्ड खेलाडी हुन् । उनले बैंकको र आफूले चलाएको करिब १०० करोड रुपैयाँ डूबाएपछि यसबाट उम्किन यस्तो गरेका हुनसक्छन् । उसो भए देवकोटा कहाँ छन् त ? ती आफन्तले दाबी गर्दै भने–‘आत्महत्या गरे भनेको दिन उनी जुत्ता लगाएर गएका थिए । तर त्रिशुली किनारमा उनको चप्पल भेटियो भनियो । घटना पहिलादेखि नै शंकास्पद थियो । किनभने निराजन आत्महत्या गर्ने खालको मान्छे होइन । ऊ एकदमै खेलाडी माइण्ड भएको मान्छे हो ।’ ती आफन्तको दाबीअनुसार देवकोटा भारतमा लुकेर बसेका हुनसक्छन् । के आधार उनले यस्तो दाबी गरे त ? हामीले उनैलाई प्रश्न गर्यौं । उनले भने–‘कोर परिवारको कुरा थाहा भइहाल्छ नि । यो विषय बाहिर हल्ला नगर्ने भनिएको छ । त्यसैले यो विषयमा सोध्यो भने कसैले केही भन्दैनन् । मैले दाईलाई भनेँ, मेरो नाम चाहिँ गोप्य राखिदिनुहोला ।’ घरमा लाग्यो ‘प्रवेश निषेध’को प्लेट यो घटना भएको भनेर चौतर्फी समाचार आएपछि यथार्थ पत्ता लाग्ने डरले घरपरिवारकै सहमतिमा देवकोटाको हेटौडास्थित निवासमा केही परिवर्तनहरु गरिए । सुरुमा मुख्य गेटमा ‘अनुमतिबिना प्रवेश निषेध’ भन्ने प्लेट टाँगियो । जोपायो त्यहीलाई घरमा प्रवेश गर्न दिन छाडियो । घरभित्रको माहौल थाहा हुन्छ भनेर आफन्तहरुलाई अरुसँग यो विषयमा कुरा गर्न पनि निषेध गरियो । शोकको माहौल छैन हेटौंडास्थित हाम्रा संवाददाता निराजन देवकोटाको घर भएको टोल पुगेर छरछिमेकलाई सोध्दा घरमा कुनै शोकको माहौल नभएको पाइयो । ‘मान्छे नै बितेको जस्तो शोकको माहौल छैन । परिवारका सदस्यको अनुहारमा समेत त्यस्तो देखिन्न ।’ एक छिमेकीले भने–‘हामीलाई पनि निराजनले आत्महत्या गरेको कुरामा रत्तिभर विश्वास छैन । ऊ एकदमै शातिर खेलाडी हो । नियोजित ढंगले गरिएको प्लान हुनसक्छ यो ।’ छरछिमेक र हेटौंडा बजारमा बुझ्दा समेत निराजन देवकोटाको चरित्र तथा व्यवहारको विषयमा राम्रो फिडब्याक पाइएन । उनका छिमेकीदेखि हेटौंडा बजारसम्मका जति मानिसहरुसँग हाम्रा संवाददाताले कुरा गरे र बुझे, कसैले पनि निराजन देवकोटाले आत्महत्या गरेको कुरा मान्न तयार भएनन् । ‘यो सबै नाटक हो, हामीले सुनेअनुसार निकै ठूलो रकम डूबाएपछि त्यसबाट उम्किन यस्तो गरिएको हो ।’–एक स्थानीय शिक्षकले भने । निराजनका बुबा नारायणप्रसाद बागमतिका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलका विश्वासपात्र हुन् । उनले आफ्ना पहुँच र शक्तिको आडमा यो घटनालाई अझ अतिरञ्जित बनाइरहेका स्थानीयको दाबी छ । रिपोर्टिङको क्रममा भेटिएका अधिकांश स्थानीयले भने–‘धेरै मानिसको धेरै पैसा डूबाएको छ । त्यो व्यक्तिले आत्महत्या गर्यो भन्दैमा पत्याउने अवस्था छैन । यो विषयमा प्रहरीले मिहीन छानबिन गर्नुपर्छ । पैसा डूबेकाहरुले फिर्ता पाउनुपर्छ।’ थप बिजशालामा पढ्नुहोस्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क