इन्फो नेपाल — सञ्चारको सञ्जाल

आ'त्मह'त्या गर्न चाहन्थे यी बलिउडकर्मी

भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आ'त्मह'त्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो । १५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आ'त्मह'त्या को बाटोतर्फ जान लागेका थिए । बलिउडमा तीर्थानन्द भन्दाअघि कयौं ठूला स्टारहरूमध्ये केहीले आफ्नो परिस्थितिबाट हार मान्दै र केहीले भने बिरामीका कारण आ'त्मह'त्या को सोच बनाइसकेका छन् । अभिनेता अध्ययन सुमन एक समय डिप्रेसनको शिकार भएका थिए । लबी कल्चरको शिकार भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो । यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए ।कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो । उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटकपटक आ'त्मह'त्या गर्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए । अभिनेता मनोज बाजपेयी नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने सपना देख्दथे । तर, स्कूलले अस्वीकार गरेपछि उनले आ'त्मह'त्या को सोच बनाएका थिए । मनोजले आ'त्मह'त्या गर्लान् भन्ने डरले उनका सबै साथी मनोजसँग बस्न थाले, ताकि मनोजले आ'त्मह'त्या गर्न नसकून् । टेलिभिजन अभिनेत्री शमा सिकन्दरले पनि आ'त्मह'त्या को प्रयास गरिसकेकी छन् । डिप्रेसनका कारण उनले एक रात कयौं निन्द्राको औषधि खाएकी थिइन् । औषधि खाएपछि उनले आमालाई बिहान नउठाउनु भन्दै भाइलाई आफ्ना सबै बैंक एकाउण्टको जानकारी पठाएकी थिइन् ।आधा रातमा शंका लागेर भाइले आमालाई बोलाएका थिए । त्यसपछि कोठामा पुग्दा शमा बेहोस् अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । जसकारण शमाको ज्यान बच्यो । अभिनेता तथा कमेडियन जोनी लिभरको बाल्यकाल संकटमै बित्यो । उनको पिता मदिराप्रेमी थिए, जसकारण जोनी सडकमा डटपेन बेचेर पैसा कमाउँथे । यही समस्याले गर्दा एकदिन जोनीले आ'त्मह'त्या गर्ने मन बनाएका थिए । तर, परिवारलाई सम्झिएर आफ्नो मनलाई परिवर्तन गरे । अभिनेता सलमान खान वर्षौदेखि ट्रायजेमिनल न्यूरालजिया नामको रोगबाट पीडित छन् । यो बिरामीलाई सुसाइड डिसिज पनि भनिन्छ । यो बिरामीबाट पीडित व्यक्तिको नशामा असहनीय दुखाइ हुन्छ । एक अन्तर्वार्तामा सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आ'त्मह'त्या को सोचाई आएको खुलासा गरेका थिए । टेलिभिजन अभिनेत्री जस्मिन भसीनले करियरको सुरुवातमा कयौं अस्वीकारको पीडा झेल्नुप¥यो । उनको अनुहारको रंग नराम्रो भएकै कारण धेरै ठाउँ उनले बेइज्जतको सामना गर्नु परेको थियो । एक समय उनले आ'त्मह'त्या को पनि प्रयास गरेकी थिइन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क