इन्फो नेपाल — सञ्चारको सञ्जाल

आफ्नै छोरीलाई यातना दिने बाबु पक्राउ

मकवानपुर: नाबालिग छोरीलाई यातना दिने बाबुलाई मकवानपुर प्रहरीले शनिवार पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरागरि बस्ने महोत्तरी एक डाँडा–३ का २७ वर्षीय रामजी मण्डललाई आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि बाल हेल्प लाइनको सहयोगमा मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जनाएको छ । मण्डलको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । मण्डलले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको सूचना पाएपछि डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेको नाबालिगलाई उद्धार गरेको सिवन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बताए । मण्डललाई प्रहरीको जिम्मा लगाएर वालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क