इन्फो नेपाल — सञ्चारको सञ्जाल

आमरण अनसनमा पत्रकार, आत्मदाहको चेतावनी दिँदै उपमेयर

रौतहट - रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिकाको बिचमा बग्ने बकैया नदीमा पुल बनाउन दबाब दिँदै एक पत्रकार आमरण अनसनमा बसेका छन् भने एक जना उपमेयरले भने आत्मदाहको चेतावनी दिएका छन्। सदरमुकाम गौरभन्दा पश्चिम रहेको बकैया नदीमा पुल निर्माणको माग गर्दै स्थानीय पत्रकार संजय सहनी आमरण अनसनमा बसेका छन्। सोमबारदेखि आमरण अनसन बसेका पत्रकार सहनीको एक सूत्रीय माग बकैया नदीमा पुल निर्माण रहेको छ। यसै गरी पत्रकार सहनीको माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ईशनाथ नगरपालिकाका उपमेयर महम्मद प्रवेश आलमले आमरण अनसनबाट राज्यले सुनुवाइ नगरे आत्मदाह गर्ने चेतावनी दिएका छन्। गौर र ईशनाथको बिचमा रहेको बकैया नदीमा ८ वर्षअघि निर्माण गर्नको लागि टिकुलिया घाटमा पक्की पुलको शिलान्यास गरिएको थियो। शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए। पप्पु कन्स्ट्रक्सनले निर्माणको ठेक्का सकार गरेको पुलको निर्माण करिब पचास प्रतिशत नसकिँदै बिचैमा काम रोकेर कम्पनी फरार भएपछि बकैया नदीको पुल अलपत्र परेको छ। समयमा पुल निर्माण हुन सक्दा काठको डुंगाबाट वर्षा याममा सर्वसाधारण जोखिमपूर्ण तरिकाले वारपार गर्ने गरेका छन्। केही वर्ष पहिले डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। पुल बन्न लागेको ठाउँमा हरेक वर्ष ईशनाथ नगरपालिकाले लाखौँ खर्च गरेर हिउँदको लागि नदीमा ह्युम पाइप राखेर अस्थायी लचका निर्माण गर्ने गरेको छ। गौर, राजपुर, ईशनाथ तथा अन्य पालिका लाखौँ मानिसको प्रत्यक्ष सरोकार रहेको बकैया नदीमा पुलको निर्माणको लागि अनुगमनबाहेक कतैबाट पनि ठोस काम हुन सकेको छैन। जुनसुकै नेता आए पनि अलपत्र पुलको अनुगमन गर्ने तथा पुल निर्माणको आश्वासन दिनेबाहेक ठोस काम गर्न नसक्दा समस्या समाधानको लागि आमरण अनसन बस्नु परेको पत्रकार सहनीले दाबी गरेका छन्। बकैया नदीको किनारमै आमरण अनसन बसेका सहनीले जुनसुकै निकायबाट पुल निर्माणको कामलाई अगाडि बढाउनु पर्ने माग गरेका छन्। सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा साहले बकैया नदीमा पुल निर्माणको ठेक्का सकार गरेर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गरिएको र कालो सूचीमा राख्न पत्राचार गरिएको बताएका छन्। माथिबाट पुनः लागत इस्टिमेट गरेर आएपछि अर्को टेन्डर आह्वान गर्ने प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता पनि प्रमुख साहले गरेका छन्। प्रमुख साहले पत्रकार सहनीलाई आमरण अनसन तोड्न आग्रह पनि गरेका छन्। नागरिक दैनिक

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क