इन्फो नेपाल — सञ्चारको सञ्जाल

आमा, पति र छोरा छोरीलाई आँफैले चढाएर पोखरा पठाएको विमान दुर्घटनामा भयपछी

काठमाडौँ । आइतबार पोखराको सेती नदीको खोचमा दुर्घटनामा परेको यति एयरलाइन्समा सवार ७२ जनामध्ये ६९ जनाको शव निकालेर अस्पतालमा लगिएको छ भने बाँकी तीन वटा शव भीरबाट निकाल्ने काम भइरहेको छ । सोही विमानमा सवार पर्वतका एकै परिवारका आमा छोरा र नाती नातीनाले ज्यान गुमाएका छन् । पर्वतको बिहादी गाउँपालिका–५ उराम पोखरा घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका युवराज शर्माको परिवारले दुर्घटनामा ज्यान गुमाएपछि उनकी पत्नि सरुलाई ठूलो चोट पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) अधिकृतको रूपमा कार्यरत सरुले पति, सासुआमा र छोराछोरी आँफैले चढाएर पोखरा पठाएको विमान दुर्घटनामा परेको सबैभन्दा पहिला थाहा पाएपछि उनको होश हवास उड्यो । दुर्घटनामा सासु आमा ६३ वर्षीया जमुना शर्मा, पति ४० वर्षीय युवराज , छोरी १३ वर्षीया आरुबी र छोरा पाँच वर्षीय बेबीलाई गुमाएकी ३६ वर्षीया सरु शर्मा आफ्नो काम सम्हाल्न ‘एयर ट्राफिक कन्ट्रोल रुम’ मा पुगेको केही क्षणमा नै अप्रिय खबर सुनेपछि उनी अचेत बनिन् । दुर्घटनालगत्तै निकै तनावमा रहेकी उनलाई सम्झाई बुझाई गर्ने काम भइरहेको नाताले छोरा पर्ने बिहादीका उनका आफन्त रोशन तिवारीले बताए। खासमा सरुको परिवारको काठमाडौं बसाइ भए पनि उनीहरू​ दशैँतिहार जस्ता चाडबाड र विशेष अवसरमा गाउँमा जाने गर्थे । यस पटक पनि उनीहरु माघे संक्रान्ति मनाउन पर्वत जाने क्रममा आइतबार दुर्घटनामा परे । अहिले सरुको हेरविचारमा आफन्तहरु लागिरहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क