इन्फो नेपाल — सञ्चारको सञ्जाल

आम्दानीमा संलग्नता बढेसँगै महिलाहरु रिसाहा बन्दै

विश्वव्यापी गरिएको एउटा अध्ययनले महिलाहरु रिसाहा बन्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको बीबीसीले जनाएको छ । महिलाहरु रिसाहा हुने क्रम कोरोना महामारीले झनै बढाएको देखाएको छ । एक सय ५० वटा देशका एक लाख २० हजार प्रतिनिधि महिलाहरुमा गरिएको अध्ययनले क्रोध, नैराश्य, तनाव अनि चिन्ता पुरुषको तुलनामा निरन्तर रूपमा बढी रहेको देखिएको छ । पहिलो पटक सन् २०१२ मा पुरुषभन्दा महिलाहरु बढी रिसाहा हुने क्रम देखिएकोमा अहिलेसम्म आइपुग्दा त्यो निकै उकालो लागेको देखिएको अध्ययन टोलीको निष्कर्ष छ । महिलाहरु बढी रिसाहा बन्नुको मुख्य कारण आम्दानीमा महिलाहरुको संलग्नता बढेसँगै बाहिरिरुपमा स्वतन्त्रता बढेको तर घरभित्र परम्परागत स्वरुप रहनु देखिएको छ । अध्ययन टोलीले एउटा उदाहरण दिँदै लेखेको छ ‘बेलुकीपख सहरमा पुरुषहरु आराम गरेर चियापसलमा चिया पिउँदै गरेको देखिन्छ भने महिलाहरु हातमा तरकारीको झोला बोकेर कार्यालयबाट फर्किरहेको देखिन्छ । यसमा महिलाहरु कमाउन सहभागी भए पनि पुरुषहरु घरको काममा सारथी नबन्दा महिलामा क्रोध थपेको छ ।’ केही महिलाहरुले यस अघि पनि रिस उठ्ने गरेको तर त्यसबेला व्यक्त गर्ने वातावरण नभएको र अहिले केही स्वतन्त्रतासँगै रिस व्यक्त गर्न पाइएको पनि बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क