इन्फो नेपाल — सञ्चारको सञ्जाल

आर्थिक विपन्नको निशुल्क दाहसंस्कार गर्दै इटहरी उपमहानगरपालिका

सुनसरी / इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रुपमा विपन्न परिवारको निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निशुल्क दाहसंस्कार गर्दै आएको हो। यसअघि घरदेखि घाँटसम्म शवबाहन निशुल्क गरेको यो उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरुका लागि बुढी गंगा मुक्त्ती घाटमा निशुल्क दाहसंस्कार गरिदै आएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । अहिले सम्म १०४ जना विपन्नलाई निशुल्क दाहसंस्कार गरिएको उपमहानगरले जनाएको छ ।नगरप्रमुख पौडेलले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको बताए । उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नु अघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमानै निशुल्क व्यवस्था गरिएको छ मेयर पौडेलले जानकारी दिए । नगरप्रमुख पौडेलले कोही नगरवासीको आफन्तजनको मृत्यु हुँदा विपन्न परिवारका लागि इटहरी उपमहानगरले मसान घाट सम्म शव लैजान निः शुल्क रुपमा शवबाहन उपलब्ध गराउँदै आएको छ । तर, दाहसंस्कार गर्न दाउरा किन्ने पैसा नभएर टायरमा जलाएर अन्तेष्टि गर्नुपरेको खबर सुन्दा तथा देख्दा त्यो अवस्थाको अन्त्य गर्न मृतकका परिवारलाई दाहसंस्कार निः शुल्क गरिदिएको हो । इटहरी २० वटै वडामा कोही कसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शव वाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने गरेको छ । एम्बुलेन्सको सम्पर्क ०२५५८०१५० ,९८१५३७९९२२ रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क