इन्फो नेपाल — सञ्चारको सञ्जाल

आविष्कार केन्द्रलाई ‘जनकल्याण प्रतिभा पुरस्कार’

काठमाडौँ– यस वर्षको ‘जनकल्याण प्रतिभा पुरस्कार’ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । थापाथली जनकल्याण परिवारको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो पुरस्कार आविष्कारका अध्यक्ष महावीर पुनलाई प्रदान गरे । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । त्यसैगरी रु २० हजार राशिको यस वर्षको ‘लीलाजङ्ग सिजापती जनकल्याण पुरस्कार’ समाजेवी भवानी कोइरालालाई प्रदान गरिएको छ । ‘युगनाथ जनकल्याण पुरस्कार’ मुस्कान सेवा नेपाललाई, ‘क्याप्टेन गोपालप्रसाद जनकल्याण पुरस्कार’ सङ्गीतकार रवि रानामगर र ‘स्व नन्दलाल जोशी जनकल्याण पुरस्कार’ समाजसेवी दिलबहादुर ओलीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार ५०० रहेको छ । समाजसेवी लाल तण्डुकारलाई रु पाँच हजार राशिसहित सम्मान गरिएको छ । जनकल्याणले विभिन्न विद्यालयमा अध्ययनरत करिब ३० विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ । सोही अवसरमा मन्त्री रेग्मीले ज्येष्ठ नागरिकले आर्जन गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र त्यसलाई नयाँ पुस्ताले सहजरूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको आवश्यकता औँल्याए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क