इन्फो नेपाल — सञ्चारको सञ्जाल

इजरायलमा मारिएका सुनसरीका राजेशको अन्त्यष्टि

सुनसरी / इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको बराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीर अन्त्येष्टि गरिएको छ । आफ्नो संस्कारअनुसार स्वर्णकार परिवारले राजेशको शनिबार साँझ सप्तकोसी किनारमा अन्त्येष्टि गरिएको हो । फ्लाइट दुबईको जहाजमार्फत शुक्रवार राति नेपाल आइपुगेको स्वर्णकारको शवलाई काठमाडौँबाट शनिवार साँझ नेपाली सेनाको कल साइन एन ए ०४१ जहाजबाट शव विराटनगर ल्याइएको थियो । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की र राजेशका आफन्त शव लिन शनिवार दिउँसै विराटनगर विमान स्थल पुगेका थिए । विमान स्थलबाट शव मधुवन घर ल्याएर शव यात्रा निकालिएको थियो । राजेशको शवमा दागबत्ती राजेशको कान्छो भाइ चन्दले दिएका थिए । इजरायलमा कृषि इन्टर्नसिप अध्ययनको लागि पुगेको २८ दिनमै प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी राजेशसहित १० जना नेपालीले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क