इन्फो नेपाल — सञ्चारको सञ्जाल

इजीलिंक रेमिट्यान्स कम्पनीको सीईओलाई रास्वपाले बनायो श्रममन्त्री

काठमाडौं । विषय विज्ञलाई मन्त्री बनाउने प्रचार गर्दै आएको राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले म्यापावर व्यवसायीलाई डोलप्रसाद (डिपि) अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाएको छ ।  विभिन्न क्षेत्रमा रहेका विज्ञताका आधारमा आफूहरूले मन्त्री पठाउने बताउँदै आएको रास्वपाले म्यानपावर व्यवसायी तथा रेमिट्यान्स कम्पनीका सीईओलाई श्रममन्त्री बनाएको हो । अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालन समितिका सदस्य र मार्केटिङ डाइरेक्टर हुन् । उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक समेत हुन् ।  मंगलबार श्रममन्त्रीकाे पदभार ग्रहण गर्दै म्यानपावर व्यवसायी समेत रहेका अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने प्रतिबद्धता गरे । रेमिट्यान्स कम्पनीका सीईओसमेत रहेका उनले भने, ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ ।’  मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । उनले भने, ‘बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो ।’  रेमिट्यान्स कम्पनी कम्पनीको ब्रान्ड एम्बेसडरको रूपमा पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भएको कम्पनीको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । पदभार ग्रहण गर्दासमेत अर्याल इजीलिंक रेमिट्यान्स कम्पनीको आधारिक वेवपेजमा कम्पनीको सीईओ र सृष्टि अभोरसिज प्रालिका मार्केटिङ डाइरेक्टरका रुपमा नै रहेको देखिन्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क