इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका नगरप्रमुख पौडेलले लगाएको आरोपको एमाले जनप्रतिनिधिले खण्डन गरे

इटहरी / इटहरीको नगरसभा स्थगित गर्न आफूहरुको सहमती नभएको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले स्पष्ट पारेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरपालिकाकी उपप्रमुख सङ्गिता चौधरीले नगर सभा स्थगित गर्न आफूहरुले कुनै सहमती नगरेको बताइन् । मेयर हेमकर्ण पौडेलले विहीबार पत्रकार सम्मेलन गर्दै एमाले जनप्रतिनिधिहरुले नगरसभा स्थगित गर्न सहमती गरेको बताएका थिए । भित्र सहमती गरेर पनि बाहिर आलोचना गरेको उनको आरोप थियो । तर एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ती लगायत मेयर पौडेलले लगाएका सबै आरोपहरुको खण्डन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पाले स्थगित गरिएको नगर सभा सञ्चालन गर्न माग गरेका छन् । कर, राजश्व तथा अन्य विषयमा देखिएको विवाद वार्ताको माध्यमबाट समाधान गर्न पनि उनले आग्रह गरेका छन् । उनले जनताको माग सम्बोधन गर्न आफूहरु रातभरी पनि काम गर्न तयार रहेको बताउँदै नगरसभा तत्काल बोलाउन माग गरे । नगरसभामा सम्पत्ती करको दर समायोजन गर्ने निर्णय हुने अपेक्षा इटहरीवासीको थियो । तर त्यही दर समायोजन गर्न गठन गरिएको समितिको प्रतिवेदन अपुर्ण भएको भन्दै नगरसभा स्थगित गरिएको मेयर पौडेलले बताएका थिए । एमाले जनप्रतिनिधिहरुले भने कार्यपालिकाले स्वीकृत गरिसकेको प्रतिवेदन नगरसभामा लगेर पारित गर्न मेयरले आनाकानी गरेको आरोप लगाए । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणबाट सम्पत्तीको मूल्यांकन चार गुणाले बढाइएको थियो । सम्पत्तीको मूल्यांकन बढेपछि करसमेत चार गुणासम्म बढेको थियो । इटहरी चोक आसपासका जग्गाको मूल्यांकन ५० प्रतिशतले बढाइएको छ भने ग्रामिण क्षेत्रमा ४०० प्रतिशतसम्म बढाइएको छ । जसबाट नगरवासीले तिरिरहेको कर ४ गुणासम्म बढेको छ । यता, इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क