इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका लालबहादुर विश्वकर्माले उच्च अदालत विराटनगर बाट सफाइ पाए

सुनसरी / ठगी तथा बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई पुर्पक्षका लागि झुम्का कारागारमा रहेका इटहरी-१९ का लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले विश्वकर्मामाथि लागेको आरोप प्रमाणित नहुने भन्दै निर्दोष ठहर गरी थुनामुक्त गरिदिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश बेरितको ठहर गर्दै बदर गरिदिएको हो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो । लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो । तरहरामा सञ्चालनमा रहेको सिंहदेवी ज्वेलर्सविरुद्ध बचतकर्ताहरुले उजुरी हालेका थिए । उजुरीमा ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो । २०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो । जसमा लालबहादुरलाई ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो र ७० हजार जरिमानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो । लालबहादुर कालीगढ मात्र हुन् । ज्वेलर्स सञ्चालकले अह्राएअनुसार रकम बुझेको हस्ताक्षर गरेका कारण उनी पनि अनुसन्धानमा तानिएका थिए । सोहीक्रममा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क