इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू

इटहरी- इटहरीमा अगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा एकीकृत विद्यालय पोसाक लागू गर्ने तयारी भइरहेको छ। इटहरी उपमहानगरपालिकाले विद्यार्थीहरूमा बढ्दो असमानतालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो। इटहरीमा १३४ वटा निजी र ३६ वटा सामुदायिक गरी १७० विद्यालय रहेका छन्। यी सबै विद्यालयका ६३ हजार ५ सय २६ जना विद्यार्थी अब एउटै ढाँचाको पोसाक लगाएर विद्यालय जानेछन्। नगर शिक्षा समिति इटहरीका अनुसार विद्यालयहरूले आ-आफ्नै पोसाकको व्यवस्था गर्दा विद्यार्थीमा विभेद देखिन थालेको थियो। यसलाई रोक्न एउटै पोसाकको व्यवस्था गरिएको हो। नयाँ व्यवस्थाअनुसार सबै विद्यार्थीले हल्का नीलो रंगको पाइन्ट र सेतो रंगको शर्ट लगाउनुपर्नेछ। टाई हटाइएको छ भने कपालमा भादगाउले टोपी नै लगाउनुपर्नेछ। यस अघि कतिपय निजी विद्यालयले आफ्ना विद्यार्थीलाई अत्यधिक मूल्यको विशेष पोसाक लगाउन बाध्य गर्दै आएको आरोप लाग्दै आएको थियो। नगरपालिकाका अनुसार यसलाई पनि नियन्त्रण गर्नु एकीकृत पोसाकको उद्देश्य रहेको छ। एकीकृत पोसाक लागू गर्नुअघि नै नगरपालिकाले विद्यालयलाई विभिन्न प्रतिबन्धसमेत लगाइसकेको छ। विद्यालयभित्र स्टेशनरी सामान बिक्री गर्न रोक लगाइएको छ। साथै कक्षा कोठा चढे जति पनि भर्ना शुल्क लिन नपाउने व्यवस्था गरिएको छ। इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार विद्यालय शिक्षालाई सहज, सरल र गुणस्तरीय बनाउन यस्ता कदम चालिएको हो। विद्यालयबाटै हुने विभेदलाई हटाउन र अभिभावकलाई राहत दिन यी निर्णयहरू कार्यान्वयनमा ल्याइने उनले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क