इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीका हरिले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिँदा दिदीको मृत्यु, भाइ गम्भीर घाइते

सुनसरी | पूर्व–पश्चिम राजमार्गमा भएको एक दुखद दुर्घटनामा मोटरसाइकलमा सवार एक दिदीको ज्यान गएको छ भने उनका भाइ गम्भीर घाइते भएका छन्। झापाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बसले मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा मोटरसाइकललाई ठक्कर दिँदा उक्त घटना भएको हो।

दुर्घटनामा सुनसरी इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्। उनी चलाएको स ४ प ५८४१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको को १ ख ७४८२ नम्बरको गोर्खा यातायातको यात्रुबाहक बसले ठक्कर दिएको थियो। मोटरसाइकलको पछाडि सवार उनकी दिदी, उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनालगत्तै कुमारी आचार्यको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर, मंगलबारे उर्लाबारीमा पोस्टमार्टमका लागि पठाइएको छ। घाइते हरि शर्मालाई गम्भीर अवस्थामा विराटनगरतर्फ उपचारका लागि रिफर गरिएको छ।

मोटरसाइकलमा सवार दिदी–भाइ दुबै जना सँगै यात्रा गरिरहेका बेला यो घटना घटेको हो। बसको ठक्कर यति तीव्र थियो कि कुमारी आचार्यको घटनास्थलमै मृत्यु भयो भने चालक हरि शर्मा अचेत अवस्थामा भेटिएका थिए।

दुर्घटनापश्चात बस र त्यसका चालक झापा, कनकाई नगरपालिका–४ निवासी ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क